देशको अर्थव्यवस्थाबारे एमालेले धारणा सार्वजनिक गर्दै

नेकपा एमालेले मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्दै छ । ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन आयोजना गरी एमालेले पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो ।

नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार तीन जना पूर्व अर्थमन्त्रीहरुको उपस्थितिमा पत्रकार सम्मेलन गरिने छ । पत्रकार सम्मेलनमा एमालेबाट विगतमा अर्थमन्त्री बनेका विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले धारणा राख्नेछन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा. दिनेशचन्द्र देवकोटा र पुष्प कँडेलको पनि सहभागीता रहने रिजालले बताए ।

 


२७ चैत २०७८, आइतवार ११:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु