पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अघि बढाउने सहमति
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अघि बढाउने सहमति भएको बताएका छन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता भएको थियो । लगतै प्रतिनिधिमण्डल स्तरमा छलफल हुनुका साथै चार समझदारीमा हस्ताक्षर भएको छ ।
लगत्तै संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले नेपालका प्रधानमन्त्री देउवा र आफ्नो बीचमा सबै विषयमा कुराकानी भएको बताए । आपसी सहयोग, विकास परियोजनाहरुको अहिलेसम्मको समीक्षा र भविष्यको रुपरेखाबारे पनि छलफल भएको उनले बताए ।
१९ चैत २०७८, शनिवार १३:२६ बजे प्रकाशित































