कैलालीमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका-८ मा पूर्वबाट पश्चिमतर्फ गइरहेको से१प ७७६५ नम्बरको मोटरसाइकल छाडा गाईसँग ठोक्किँदा गौरीगंगा-७ का ३५ वर्षीय दिलबहादुर ताडीको मृत्यु भएको प्रहरीले जनएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
१८ चैत २०७८, शुक्रवार ०९:०६ बजे प्रकाशित






























