punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर थप २६ जनामा कोरोना पुष्टि, ७७ जना संक्रमण मुक्त

Chaupati
safha napa

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार १ सय ९२ जनाको कोरोना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७७ जना संक्रमणमुक्त भएका छन्।

बुधबार कुनै संक्रमितको मृत्यु भएको छैन भने हाल देशभरि १ हजार १ सय ४६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट कुल ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ। गएको २४ घण्टामा ७१ हजार ७२ जनाले कोरोनाविरुद्ध खोप लगाएको मन्त्रालयले जनाएको छ।


१६ चैत २०७८, बुधवार १७:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु