नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त
नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले थप्सनलाई नेपालका लागि राजदूत नियुक्त गरेको ह्वाइट हाउसले जनाएको छ ।
थप्सनले हालका अमेरिकी राजदूत र्याण्डी बेरीलाई प्रतिस्थापन गर्नेछन् ।
हाल उनी अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिव हुन् ।
१६ चैत २०७८, बुधवार ०८:१५ बजे प्रकाशित































