punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बढ्यो सुनको मूल्य

Chaupati
safha napa

सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६०० ले बढेर एक लाख ९०० तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख ३०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ४०० छ। यसको मूल्य बिहीबार प्रतितोला ९९ हजार ८०० थियो।

त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले बढेर एक हजार ४०० पुगेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९५७ डलर आसपास कारोबार भइरहेको छ।


११ चैत २०७८, शुक्रवार १५:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु