चलचित्र ‘चिसो एस्ट्रे’ देशभर प्रदर्शन
चलचित्र ‘चिसो एस्ट्रे’ प्रदर्शनमा आएको छ । गाउँबाट आएको एक युवकले शहरिया बन्नका लागि गरेको यात्राको कथा समेटिएको यो चलचित्र चैत ४ (शुक्रवार) देखि प्रदर्शनमा आएको हो ।
दिनेश पाल्पालीको निर्देशनमा बनेको सो चलचित्र ‘चिसो एस्ट्रे’ कवि शेरचनको कवितामा आधारित छ । निर्देशक पाल्पालीले चलचित्रले मुख्य चार चरित्रमार्फत मानिसको अन्तरयात्राको कथालाई देखाउन खोेजेको बताए ।
‘चिसो एस्ट्रे’मा दिव्य देवले मदनको रुपमा मुख्य यात्रुको भूमिका निर्वाह गरेका छन् । यस्तै, पर्दामा उनलाई निकुन श्रेष्ठ, नवीन लम्साल, सुशीलराज पाण्डे, रविन तामाङ र सृष्टि श्रेष्ठले साथ दिएका छन् ।
कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । उनलाई प्रवीन स्याङ्बा र शर्मिला पराजुलीले सघाएका छन् । चलचित्रको सहनिर्मातामा रुपेश ढुंगाना र नवीन ढुंगाना छन् ।
चलचित्रमा दिनेशले लेखन तथा निर्देशनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । यो चलचित्रमा अजर जंगमको संगीत छ । चलचित्रमा उज्ज्वल बस्ताकोटीको छायांकन, उज्ज्वल ढकालको सम्पादन छ ।
६ चैत २०७८, आइतवार ०८:४० बजे प्रकाशित































