punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप १७ जनामा कोरोना संक्रमण, ४०९ संक्रमणमुक्त

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ९९३ पीसीआर परीक्षणमा आठ जना र दुई हजार ५५० एन्टिजेन परीक्षणमा नौ जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४०९ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या तीन हजार ५९५ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।


५ चैत २०७८, शनिवार १७:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु