देशभर मौसम सफा रहने
हाल देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा हाल उल्लेख्य मौसमी प्रणाली नरहेकाले वर्षाको सम्भावना नभएको महाशाखाले जनाएको छ।
आज (शुक्रबार) दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ।
अपराह्नतिर देशको पहाडी भू–भागको केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का हावाहुरीकोे सम्भावना भने रहेको महाशाखाले जनाएको छ।आज राति मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।
४ चैत २०७८, शुक्रवार ०९:१५ बजे प्रकाशित

















