Churya gapa
Churya gaupalika
Churya

भागबण्डामा सुदूरपश्चिमका अस्पताल समितिमा अध्यक्ष नियुक्त

सेती अस्पतालसहित सुदूरपश्चिमका अन्य अस्पतालमा व्यवस्थापन समितिमा नियुक्ति दिइएको छ ।बिहीबार बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले सेती प्रादेशिक अस्पतालसहित सुदूरपश्चिमका अन्य अस्पतालमा व्यवस्थापन समितिमा सत्तारूढ दल नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले भागबण्डामा नियुक्ति दिएको हो।

डोटी अस्पताल बाहेकका अन्य अस्पतालमा व्यवस्थापन समिति नियुक्त गरेको सुदूरपश्चिम सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।प्रदेश सरकार मातहत रहेको पुरानो अस्पताल व्यवस्थापन समितिको म्याद सकिएपछि सामाजिक विकास मन्त्रालयको प्रस्तावमा नयाँ समिति नियुक्त गर्ने निर्णय भएको उनले बताइन् ।

सेती प्रादेशिक अस्पतालको अध्यक्षमा नरबहादुर शाह र महाकाली प्रादेशिक अस्पतालमा कृष्णानन्द भट्ट नियुक्त भएका छन् । टीकापुर अस्पतालमा झपटबहादुर सोडारी नियुक्त भएका छन् ।

यस्तै, अछाम जिल्ला अस्पतालमा शिव बोगटी, बाजुरामा मानबहादुर कार्की, बझाङमा सोनुबहादुर सिंह, दार्चुलामा दीपक जोशी र बैतडी जिल्ला अस्पतालमा पार्वती भट्ट नियुक्त गरिएको मन्त्री जोशीले बताइन् ।

डोटी जिल्ला अस्पतालको सबै प्रक्रिया पुगिसकेको र कागजपत्र प्राविधिक कारण आउन नसकेका कारण नियुक्त गर्न ढिलाइ भएको कानुनमन्त्री जोशीले भनाइ छ।


४ चैत २०७८, शुक्रवार ०९:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु