एट्लेटिकोसँग पराजित युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ । अन्तिम १६ अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १–० ले पराजित भएपछि समग्रमा २–१ को हार बेहोर्दै युनाइटेड बाहिरिएको हो ।
स्पेनमा भएको पहिलो लेगमा युनाइटेड र एट्लेटिकोले १–१ गोलको बराबरी खेलेका थिए । तर, घरेलु लेगमा युनाइटेड पराजित भयो ।
ओल्ड ट्राफोर्डमा एट्लेटिकोलाई जित दिलाउन रेनान लोडीले निर्णायक गोल गरे । उनले एन्टोनियो ग्रीजम्यानको पासमा ४१ औँ मिनेटमा गोल गरेका थिए । जितसँगै एट्लेटिको च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ ।
२ चैत २०७८, बुधवार ०८:१८ बजे प्रकाशित













