‘सारेगमप’ को प्रस्तोताबाट आदित्य नारायणले लिए बिदा

गायक तथा टेलिभिजन प्रस्तोता आदित्य नारायण झाले टेलिभिजन प्रस्तोताको जिम्मेवारीबाट बिदा लिने निर्णय गरेका छन्।
१५ वर्षसम्म टेलिभिजन दुनियाँमा रमाएका आदित्यले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत छोरी त्विषा नारायण झासँगको तस्बिर सार्वजनिक गर्दै काम छोड्ने निर्णय लिएको बताएका छन्।
आदित्य हालै बुवा बनेका हुन्। बुवा बनेसँगै जीवनको नयाँ अध्याय सुरु भएकाले टेलिभिजन कार्यक्रम प्रस्तोताबाट अलग भएको उनले बताएका छन्। उनले अब केही समय छोरीसँग बिताउने बताएका छन्।
२७ फागुन २०७८, शुक्रवार ०८:२७ बजे प्रकाशित