punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सभापति जित्ने रणनीतिमा दुवै उम्मेदवार

Chaupati
safha napa

पहिलो चरणको निर्वाचनमा आवश्यक ५१ प्रतिशत मत कुनै उम्मेदवारले पनि ल्याउन नसकेपछि नेपाली काङ्ग्रेस कैलालीको सभापति चयनका लागि फागुन १९ गते दोस्रो चरणको निर्वाचन हुँदैछ । पहिलो चरणमा सर्वाधिक मत ल्याएका र प्रकाशबहादुर बम र उनका निकटतम् प्रतिद्वन्द्वी नारायणदत्त भट्ट बीच दोश्रो चरणको प्रतिस्पर्धा हुँदैछ । काङ्ग्रेस सभापति चयनका लागि दोस्रो चरणमा प्रतिस्पर्धा गर्न योग्य भएका बम र भट्ट दुवै जना संस्थापन पक्षका हुन् । संस्थापन इतर पक्षबाट सभापतिमा उम्मेदवारी दिएका रामबहादुर कलेल पहिलो चरणबाट बाहिरिएका छन् । तर जिल्लाको नेतृत्व चयनमा निर्णायक भुमिका भने उनकै हुने देखिएको छ ।

निर्वाचन दोश्रो चरणमा प्रवेश गरेसँगै दुवै पक्ष आफ्नो जीत सुनिश्चित गर्न विभिन्न रणनीतिमा लागेका छन् । यसबीच एक अर्का पक्षलाई आरोप प्रत्यारोप लगाउनेदेखि मतदाता रिझाउन विभिन्न प्रलोभन दिनेसम्मका काममा व्यस्त छन् । भट्टको पक्षमा कैलालीका ६ जना केन्द्रिय सदस्य खुलेर लागेपछि कार्यकर्तामाझ आलोचना भएको छ । ६ जना केन्द्रिय सदस्य लागेर पनि बमको भन्दा कम मत आएपछि सामाजिक सञ्जालमा उनीहरुको आलोचना भएको हो ।

सभापतिका उम्मेदबार बमलाई नेपाली काङ्ग्रेस कैलालीका निवर्तमान सभापति नरनारयाण शाहको समर्थन रहेको जनाइएको छ । यस्तै, भट्टसहित उनको प्यानललाई धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट, इश्वरी न्यौपाने, जीवन राना लगायतका केन्द्रीय सदस्यहरुको समर्थन रहेको छ । धेरै जसोले भट्टको पक्षमा नेता र बमको पक्षमा कार्यकर्ता रहेको टिप्पणी गरेका छन् । उनीहरुले कार्यकर्ताले पत्याएका बमको जित लगभग सुनिश्चित रहेको बताएका छन् ।

पहिलो चरणको निर्वाचनमा जम्मा दुई हजार ४८५ मत खसेको थियो । काङ्ग्रेसको विधान अनुसार सभापतिमा जित्नका लागि एक हजार २४३ अर्थात ५० प्रतिशतभन्दा बढी मत अनिवार्य रुपमा ल्याउनु पर्ने थियो ।
पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार प्रकाश बमले एक हजार १६९ मत र निकटतम् प्रतिद्वन्द्वी नारायणदत्त भट्टले एक हजार ७२ मत प्राप्त गरे । सभापतिमा विजयी हुनका लागि एक हजार २४३ मत ल्याउनु पर्ने थियो । तर, सभापतिको कुर्सीसम्म पुग्नका लागि बमको ७४ र भट्टको १७१ मत कम भयो । सभापतिका अर्का उम्मेदवार रामबहादुर कलेलले १९७ मत प्राप्त गरे । कम मत प्राप्त गरेका कलेल सभापति दौडबाट बाहिरिएपछि अब, बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ ।
सभापति होडबाट बाहिरिएको संस्थापन इतरपक्ष नै अब काङ्ग्रेस कैलालीको सभापति जिताउनमा निर्णायक देखिएको छ । सो पक्षका उम्मेदवार कलेलले प्राप्त गरेको १९७ मत एकमुष्ट रुपमा बम वा भट्ट जसको पक्षमा गए पनि जितको लागि पर्याप्त हुनेछ ।

संस्थापन इतर पक्षको भोट निर्णायक हुने भएपछि सभापतिका उम्मेदवार पक्षहरु संस्थापनको साथको लागि कसरत गर्न थालेका छन् । दुवै उम्मेदवारले सहयोग गर्नका लागि आग्रह गरिरहेको संस्थापन इतर पक्षका एक नेताले बताए । ‘हाम्रो पक्षको भोट निर्णाय बन्ने भएपछि दुवै उम्मेदवारले सम्पर्क गरेर सहयोग गर्न आग्रह गरिरहनु भएको छ । बरु, के कुरामा मिलाउनुपर्छ, हामी मिलाउँछौं भनिरहनु भएको छ’, ती नेताले भने । ‘हामी छलफल गरिरहेका छौं । अधिकतम् सहमति भएका उम्मेदवारलाई सहयोग गर्छौ ।’
कैलालीमा क्षेत्र नम्बर २ मा संस्थापन इतर पक्षको सङ्ख्या बढी छ । सो क्षेत्रमा १६० भन्दा बढी इतर पक्षको मत रहेको जनाइएको छ । बाँकी निर्वाचन क्षेत्रमा यो पक्षको सङ्ख्या निकै कम छ ।


१८ फागुन २०७८, बुधवार १४:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु