punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा अवैध भन्सार छलीको सामान बरामद

Chaupati
safha napa

कैलाली प्रहरीले अवैध भन्सार छलीको सामान बरामद गरेको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिगएको प्रहरी टोलीले धनगढी उप-महानगरपालिका वडा नम्बर ३ स्थित बिशालनगर सडक खण्डमा ५९ हजार बराबरको अवैध भन्सार छलीको सामान बरामद गरेको हो ।

अवैध रूपमा भन्सार छली गरी ल्याएको ९.५ क्विन्टल चिनी तथा विभिन्न सामानहरू गरी ५९ हजार २ सय ५० रुपैयाँ बराबरको सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बरामद गरिएको सो अवैध सामान आवश्यक कारबाहीका लागी कैलाली भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।


१३ फागुन २०७८, शुक्रवार १४:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु