punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Chaupati
safha napa

दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। घोराहीबाट लमहीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४०४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको रा२प ८९२४ नम्बरको मोटरसाइकललाई घोराहीको गोग्ली नजिक आज ठक्कर दिएको हो।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–३ कुहिरेपानीका १९ वर्षीय अर्जुन खड्का रहेको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। खड्काको घटनास्थलमै मृत्यु भएको हो। घटानापछि मृतकका आफन्तले लमही–घोराही सडकखण्ड दिनभर अवरुद्ध गरेका थिए। भीड नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको बताइएको छ। ट्रक चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।


१० फागुन २०७८, मंगलवार ०८:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु