punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मतदाता परिचयपत्रको प्रतिलिपि फागुन २० गतेसम्म लिन पाइने

Chaupati
safha napa

मतदाता परिचयपत्र हराएका व्यक्तिले फागुन २० गतेभित्र निवेदन दिए प्रतिलिपि लिन पाइने भएको छ । निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गर्दै प्रतिलिपि लिन निवेदनको समयसीमा तोकेको हो ।

मतदाता परिचयपत्र हराएको, नासिएको वा अन्य कुनै तवरले आफूसँग नरहेको अवस्थामा मतदाताले आफ्नो वडा कार्यालयको सिफारिससहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था यसअघि नै थियो ।

सोहीअनुसार मतदाता परिचयपत्र हराएमा वडा कार्यालयको सिफारिससहित निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

 

 


९ फागुन २०७८, सोमवार २०:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु