विप्लवका कार्यकर्ताले जलाए गृहमन्त्री खाँणको पुत्ला

एमसीसी संसदमा टेबल गरेको विरोधमा भएको प्रदर्शनमा बल प्रयोग गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले सोमबार गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएका छन् ।

सोमबार साँझ बानेश्वर बिजुलीबजार क्षेत्रमा अखिल (क्रान्तिकारी) का विद्यार्थीले पुत्ला दहन गरेका हुन् । प्रहरी पुत्ला दहन रोक्न खोजे पनि सफल हुन सकेन ।


९ फागुन २०७८, सोमवार २०:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु