सोमबार थप ३८८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

सोमबार थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २२५ पीसीआर परीक्षणमा २४७ र दुई हजार ९१५ एन्टिजेन परीक्षणमा १४१ जना गरी ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२०५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार २८२ रहेको छ ।


९ फागुन २०७८, सोमवार १७:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु