पत्रकार माया पकुवालको निधन

झापाको भद्रपुरबाट प्रकाशित हुँदै आएको बरुण साप्ताहिककी सम्पादक माया पकुवालको सोमबार विहान निधन भएको छ ।

एक साता अघि रुघाखोकी र निमोनिया संक्रमणले सताएपछि उनलाई सुरुमा मेची अस्पताल र त्यसपछि ओमसाई पाथिभरा हस्पिटलमा भर्ना गरिएको थियो । केही वर्ष अघि मृगौलाको सफल प्रत्यारोपण उपचार पश्चात पत्रकार पकुवाल घरमै बसेर पत्रकारितामा कार्यरत थिइन् ।

उनको ओमसाई हस्पिटलमा नियमित डाइलासिस भइरहेको थियो । आइसीयुमा राखेर उपचार भइरहेकै अवस्थामा सोमवार विहान उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनी नेपाल पत्रकार महासंघ झापा, नारी सञ्चार गृह झापा, भद्रपुर प्रेस क्लव लगायतका संस्थामा आवद्ध रहेकी थिइन् ।

 


९ फागुन २०७८, सोमवार १६:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु