कैलालीमा थप एकजना कोरोना संक्रमितको मृत्यु
फाइल फोटो
धनगढी, ३ फागुन ।
कैलालीमा थप एक जना कोरोना संक्रतिको मंगलबार मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका – १ का ६८ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
क्षयरोग र दम सम्बन्धी बिरामी भएका ती पुरुषमा माघ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनको उपचारका क्रममा आज दिउँसो मृत्यु भएको हो ।
३ फागुन २०७८, मंगलवार १६:३९ बजे प्रकाशित













