देशभर पछिल्लो २४ घण्टामा ६८० कोरोना संक्रमित थपिँदा १८३५ संक्रमणमुक्त

देशभर पछिल्लो २४ घण्टामा ६ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार ८ सय ३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज ७ हजार ९५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये ४ हजार २ सय ५६ जनाको पीसीआर र २ हजार ८ सय ३९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ९ सय २ जना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज ४३ हजार ८ सय ८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल मुलुकमा १९ हजार ४ सय सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


३ फागुन २०७८, मंगलवार १६:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु