punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सिन्धुलीबाट ६८ किलो गाँजासहित तीन जना पक्राउ

Chaupati
safha napa

सिन्धुलीबाट ६८ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । ६८ किलो गाँजासहित जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तीन जनालाई पक्राउ गरेको हो । कमलामाई नगरपालिका- ४ खहरेखोलाबाट गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कमलामाई नगरपालिका- १ ओखलेका ४३ वर्षीय कालु ब्लोन, १९ वर्षीय कृष्णबहादुर ब्लोन र मरिण गाउँपालिका- ७ देवसरा बस्ने बहादुर गोले रहेका छन् ।

उनीहरूलाई फागुन १ गते पक्राउ गरी आज सार्वजनिक गरिएको हो । प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले कालु र कृष्णबहादुरले टाउकोमा एकरएकवटा बोरा बोकी पञ्चकन्या वनतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जानकारी दिए ।

बोरासमेत खानतलासी गर्दा कालुको साथबाट एक थान मोबाइल र २२ हजार रुपैयाँ बरामद भएको डीएसपी लामाले जानकारी दिए । बोराभित्र चारवटा इँटा आकारको प्लाष्टिकले बेरी प्लाष्टिकको डोरीले बाँधेको ६८.४८२ किलो गाँजालागुऔषध गाँजा बरामद गरिएको उनको भनाइ छ ।


२ फागुन २०७८, सोमवार २०:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु