punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘म यस्तो गीत गाउँछु २’को भ्यालेन्टाइन गीत सार्वजनिक

Chaupati
safha napa

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को भ्यालेन्टाइन विशेष गीत सार्वजनिक भएको छ । ‘आफ्नै सम्झी परेली’ बोलको गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा फिचरिङ छन् । म्युजिकल लभस्टोरी यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्र फागुन १३ गतेबाट रिलिज हुने भएका छन् ।

चलचित्रको सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, सुरेश लामा र अस्मिता अधिकारीको स्वर छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियोमा सौरभ लामाको छायांकन छ ।

पूजा र सुदर्शनको लगानीमा बनेको चलचित्रमा जन्मजय साम्पाङ राई सहनिर्माताको रुपमा छन् ।


२ फागुन २०७८, सोमवार १२:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु