punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वैशाख २० भित्र सक्ने गरी एसइई तालिका सार्वजनिक गर्ने तयारी

Chaupati
safha napa

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख २० सम्ममा सक्ने गरी राष्ट्रिय परीक्षा बोर्डले तयारी अघि बढाएको छ।एसईईको परीक्षा तालिका एक दुई दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको बोर्ड स्रोतले जनाएको छ। आगामी वैशाख ११ गतेसम्ममा परीक्षा सुरु गरिसक्ने गरी बोर्डले तयारी अघि बढाएको हो।

परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा तालिका सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिए। ‘आज या भोलिसम्ममा एसईई परीक्षा तालिका सार्वजनिक हुनेछ,’ रायमाझीले भने, ‘वैशाख २० सम्ममा परीक्षा सकिने छ।’

स्थानीय तहको निर्वाचनअघि नै परीक्षा सक्नेगरी तयारी अघि बढाइएको उनले बताए। सरकारले आगामी वैशाख ३० गते देशैभरी एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ।

रायमाझीका अनुसार निर्वाचन गराउन कर्मचारी खटिनुपर्ने भएकाले १० दिनअघि नै परीक्षा सक्ने गरी तालिका प्रकाशित गर्न लागिएको हो। प्रत्येक वर्ष चैतमा हुँदै आएको एसईई परीक्षा कोरोना संक्रमणको कारण पछि धकेलिएको हो।


२६ माघ २०७८, बुधवार ०९:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु