punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्थानीय तह निर्वाचन: कति छन् मतदाता ?

Chaupati
safha napa

सरकारले स्थानीय तहको निर्वाचन मिति तोकिसकेको छ। २०७९ वैशाख ३० गतेका लागि निर्वाचन मिति तोकिएसँगै भोलिबाट निर्वाचन आयोगले मतदाता नामावली संकलन पनि स्थगित गरेको छ। आयोगले हालसम्म देशभर १ करोड ९० लाखजनाले मतदाता नामावलीमा नाम समावेश गराएको जनाएको छ।

निर्वाचन आयोगका अनुसार यो प्रारम्भिक तथ्यांक हो। आयोगले देशभरका कार्यालयहरूबाट मतदाता नामावलीको यथेष्ट विवरण आयोगको कार्यालयमा पठाउन निर्देशन दिएको छ।स्थानीय तहको निर्वाचन हुने समय नजिकिएसँगै आयोगले पछिल्लो समय मतदाता नामावली संकलन कार्यलाई तीव्रता दिएको थियो।

पछिल्लो समय करिब १५ लाख मतदाता थपिएको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए। मतदाता नामावलीमा नाम संकलन भएका व्यक्तिले मात्रै मतदान गर्न पाउनेछन्।

 


२४ माघ २०७८, सोमवार १९:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु