मन्त्रिपरिषद् बैठक- राष्ट्रपति चुरे संरक्षण विकास समितिका पदाधिकारी बर्खास्त

सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीलाई बर्खास्त गरेको छ । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका अध्यक्ष डा.किरण पौडेलसहित पाँचैजना पदाधिकारीलाई मन्त्रिपरिषदको सोमबारको बैठकले बर्खास्त गरेको हो ।

एक मन्त्रीका अनुसार वन मन्त्री रामसहाय प्रसाद यादवको प्रस्तावमा प्रक्रिया पूरा गरेर उनीहरुलाई बर्खास्त गरिएको हो । बर्खास्त हुनेमा अध्यक्ष पौडेलसहित सदस्यहरु कमला ओली शिवाकोेटी, शशीकुमार शर्मा, डा.सुस्मिता ढकाल र भेषराज आचार्य छन् ।


२४ माघ २०७८, सोमवार १६:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु