punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कमल थापाले गरे नयाँ पार्टी घोषणाको संकेत

Chaupati
safha napa

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी गठनको संकेत गरेका छन् ।पार्टीको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै आएका थापाले सोमबार पदाधिकारी, केन्द्रीय सदस्य र पूर्वकेन्द्रीय सदस्यहरुसँग छलफल गरेका हुन् ।

शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनसँग संवाद भएपनि कुनै प्रगति नभएको भन्दै उनले स्थानीय तहको निर्वाचन घोषणा गर्दा समेत आफ्ना मुद्दा संवोधन नभए विकल्प खोज्ने बताए ।

उनले भने, ‘मैले उठाएका सैद्दान्तिक, सांगठनिक र वैचारिक पक्षहरु सम्बोधन भएन भने विकल्प खोज्नुपर्ने हुनसक्छ । त्यो अवस्थाका लागि तयार भएर बस्नुस् ।’

आफूले विकल्प खोजेको अवस्थामा साथ दिन समेत उनले नेताहरुलाई आग्रह गरे । उनले अघि भने, ‘म दबाब दिन्नँ, आफ्नो अन्तरआत्मालाई सुन्नुस् ।’

 


२४ माघ २०७८, सोमवार १४:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु