नियन्त्रणमा लिइएका कागजात फिर्ता लिएनन् सवारी धनीले, थप कारबाही गरिने
कैलालीमा ट्राफिक नियम उलंघन गर्ने सवारी धनी तथा चालकबाट नियन्त्रणमा लिइएका काजजात नलिनेलाई थप कारबाही गर्ने तयारी गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्र्यालय कैलालीले विभिन्न मितिमा चेकजाँचका क्रममा नियन्त्रणमा सवारी साधनका कागजात लिने नआए थप कारबाही गर्ने तयारी गरेको हो ।
सवारी धनी तथा चालकहरुले सात दिन भित्र कार्यालयको सम्पर्क नआएको खण्डमा थप कारबाही गरिने जिल्ला ट्राफिक कार्यालय कैलाली धनगढीका प्रमुख प्रहरी निरीक्षक वकिल सिंहले बताए ।
उनले कागजपत्र लिन नआएमा थप कारबाहिका लागि यातायात ब्यवस्था कार्यालयमा बुझाइने बताए ।



२३ माघ २०७८, आइतवार १८:४३ बजे प्रकाशित













