punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जसपा केन्द्रीय सदस्य लक्ष्मण सिंह माओवादी प्रवेश

Chaupati
safha napa

जनता समाजवादी पार्टी, नेपाल (जसपा)का केन्द्रीय सदस्य लक्ष्मण सिंह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। शनिबार नेकपा (माओवादी केन्द्र)को प्रदेश कार्यालय धनगढीमा प्रदेश इन्चार्ज खगराज भट्ट र राष्ट्रियसभा सदस्य जगत पार्कीले उनलाई पार्टी प्रवेश गराएका हुन्।

सिंह डडेल्धुराबाट जसपा केन्द्रीय सदस्य थिए। माओवादीमा प्रवेश गरेका सिंहलाई पार्टीमा कुनै न कुनै जिम्मेवारी दिनेबारेमा छलफल भइरहेको नेकपा माओवादी केन्द्र डडेल्धुराका संयोजक मानसिंह मालले बताए।

आफू माओवादीमा प्रवेश गरेसँगै सिंहले आफ्ना करिब सातसय नेता-कार्यकर्तालाई माओवादीमा ल्याउने संयोजक मानसिंहको विश्वास छ। सिंह जसपाअघि नेपाली कांग्रेसबाट सक्रिय राजनीति गर्दै आएका थिए। उनी डडेल्धुरा अस्पताल डडेल्धुराका पूर्व-अध्यक्षसमेत हुन्।

पछिल्लो समय निर्वाचन केन्द्रित सभा सम्मेलन र भेला गरेर विभिन्न राजनीतिक दलहरूले नेता-कार्यकर्ता आफ्नो पार्टीमा तान्‍ने होडबाजी जस्तै चल्‍न थालेको छ। राजनीतिक दलहरू आगामी जेठमा हुने भनिएको स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन थालिसकेका छन्।

 


२२ माघ २०७८, शनिवार १४:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु