punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हिमपातले दुई दिनदेखि अवरुद्ध राजमार्ग नखुल्दा यात्रुलाई सास्ती

Chaupati
safha napa

बिहीवारदेखिको बाक्लो हिमपातका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग तथा पहलमानसिंह स्वाँर राजमार्ग अझै सञ्चालनमा नआउँदा यात्रुले सास्ती खेप्नु परेको छ ।

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गका विभिन्न ठाउँमा बाक्लो हिमपात भएको कारण सञ्चालन हुन नसक्दा यातायात सेवा दुई दिनदेखि ठप्प भएको छ ।

डोटीको सिलुगढीदेखि अछामको साँफेबगर जोड्ने पहलमानसिंह स्वाँर राजमार्गको चौखुट्टेमा परेको हिउँ पन्छाए पनि राजमार्गमा ठूलो ढुङ्गा खस्दा गाडी चल्न नसकेको जिल्ला प्रहरी कार्यालयका सह सूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।

उनका अनुसार ढुङ्गा हटाउन डोजर मगाइएकाले ढुङ्गा हटाएपछि यो राजमार्ग सञ्चालनमा आउने छ। भीमदत्त राजमार्गको साहुँखर्क, हगुल्टे, गैरा, घण्टेश्वरलगायतका ठाउँमा बाक्लो हिमपात भएकाले यातायात सञ्चालनमा आउन नसकेको प्रहरी चौकी गैराले जनाएको छ ।

राजमार्ग सञ्चालन नहुँदा अहिले सयौँको सङ्ख्यामा गाडी तथा यात्रुहरु अल्पत्रमा परेका छन् । राजमार्ग सञ्चालनका लागि सडक विभागको डोजर, सेना, प्रहरी तथा स्थानीयले प्रयास गरी रहे पनि हिउँ पन्छाउन नसकिएको सडक डिभिजन कार्यालय दिपायल कुल्पातेले जनाएको छ ।

राजमार्गमा अहिले पनि हिउँ परिरहेको राजमार्गमा रोकिएका डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले जानकारी दिए ।


२२ माघ २०७८, शनिवार १२:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु