punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा तेस्रो पटक हिमपात, पृथ्वी राजमार्ग अवरुद्ध

Chaupati
safha napa

हिमपातका कारण बझाङ जनजीवन कष्टकर बनेको छ। करिब ५ वर्षपछि सदरमुकाम चैनपुरमा पनि हिमपात भएको छ। साइपाल गाउँपालिकामा चार फिटसम्म हिमपात भएको छ। हिमपातसँगै यहाँको तापक्रम माइनसमा झर्दा चिसोले वृद्धवृद्धा, बालबालिका तथा रोगीहरूलाई असहज भएको छ।

हिमपातले एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न थप कठिनाई बनाएको छ। बझाङमा यो वर्ष हालसम्म तेस्रो पटक हिमपात भएको हो। बिहीवारदेखि परेको हिउँ जयपृथ्वी राजमार्गमा जमेको छ। जसका कारण यातायात सेवा पूर्ण रुपमा बन्द छन्।

अनारखोली, खोडपे, श्रीभावर, ढोल्यामोड, वित्थडचिर गाउँपालिका क्षेत्रमा परेको हिउँले जयपृथ्वी राजमार्ग अवरुद भएको हो। अन्य जिल्लाबाट आएका यात्रुहरु बिहीबार दिउँसोदेखि राजमार्गमा अलपत्र परेका छन्।

राजमार्ग खुलाउन स्थानीय तहसँग समन्वय गर्न खोजेको र नेटवर्कको समस्याले समन्वय गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले बताए। चिसो अत्यधिक बढेकाले अनावश्यक चिसोमा हिँड्डुल नगर्न समेत जिल्ला प्रशासन कार्यालय बझाङले अनुरोध गरेको छ।


२२ माघ २०७८, शनिवार ०८:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु