punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मिलको पट्टामा बेरिएर एक बालिकाको मृत्यु

Chaupati
safha napa

कञ्चनपुरमा मिलको पट्टामा बेरिएर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर १ मा रहेको मिलको पट्टामा दिल बहादुर खत्रीकी ११ वर्षीया छोरी ललिता खत्रीको मृत्यु भएको हो।

दिउँसोको खेल्ने क्रममा अचानक चलिरहेको मिलको पट्टामा बेरिएर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए।

मृतक बालिकाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रवक्ता शाहले बताएका छन्।


२१ माघ २०७८, शुक्रवार १९:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु