punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एलपीएलको मुख्य प्रायोजक धनगढी उपमहानगरपालिका

Chaupati
safha napa

धनगढीमा आगामी फागुन २ गतेदेखि आयोजना हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटलफ्लावर प्रिमियर लिग (एलपीएल) छैटौँ संस्करणको मुख्य प्रायोजक धनगढी उपमहानगरपालिका रहने भएको छ ।

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन १४ गतेसम्म सञ्चालन हुने एलपीएल–६ को मुख्य प्रायोजक धनगढी उपमहानगरपालिका रहने शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । उक्त पत्रकार सम्मेलनमा आयोजक र धनगढी उपमहानगरपालिकाबिच सम्झौता समेत भएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर पछि धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले उपमहानगरले खेल र खेलाडीको स्तर वृद्धिका लागि आफूहरूले यो क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएको बताए ।

‘हामले क्रिकेटमा एलपीएललाई विगतबाट निरन्तर प्रोत्साहन प्रदान गर्दै आएका छौँ,’ उनले भने, ‘क्रिकेटमा मात्र हैन फुटबल तर्फ पनि हामीले खप्तड गोल्ड कप देखि अन्य स–साना प्रतियोगितालाई प्राथमिकतामा राखेका छौँ । यस्तै प्रयासहरूबाट अहिले एलपीएल खेलेका खेलाडी राष्ट्रिय स्तरका अन्य प्रतियोगितामा राम्रो छाप छोड्न सफल भएका छन् ।

यी प्रतियोगिताहरू खेलाडी उत्पादन र खेल क्षेत्रको स्तरोन्नतिका लागि महत्त्वपूर्ण बन्दै गएका छन् ।’ लिटल फ्लावर प्रिमियर लिग निरन्तर छैटौँ संस्करणसम्म सञ्चालन भइरहेको प्रति खुसी व्यक्त गर्दै मेयर वडले यसलाई अझै परिष्कृत बनाएर अघि बढ्नुपर्ने बताए ।

प्रतियोगिताको विजेतालाई १ लाख ५० हजार र उप–विजेतालाई ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए । प्रतियोगिता सञ्चालनको तयारी अन्तिम चरणमा भलिरहेको भन्दै उनले मैदान निर्माणको काम सम्पन्न हुने तयारीमा रहेको बताए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदयमान खेलाडीलाई १०÷१० हजार प्रदान गरिनले शाहीले जानकारी दिए । प्लेयर अफ द म्याचका साथै आसन्न संस्करणबाट प्रत्येक खेललाई थप रोमाञ्चक बनाउन गेम चेन्जर अवार्ड र सर्वोत्कृष्ट छक्का अवार्ड समेत थप गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा काठ्माण्डौँ, कैलाली र कञ्चनपुरका १० विद्यालय स्तरीय क्रिकेट टिमको सहभागिता रहने छ । जसमा प्रत्येक टिमले ४ जना विद्यालय बाहिरका १९ वर्ष मुनिका खेलाडी समेत राख्न पाउने छन् ।

एलपीएलआसन्न संस्करणमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान देव खनाल, उप कप्तान शेर मल्ललगायतका खेलाडी समेत सहभागी हुनेछन् । प्रत्येक टिमलाई दुई समूहमा विभाजन गरी समूह चरणमा एउटा टिमलाई ४र४ वटा खेल खेलाइन् छ ।


२१ माघ २०७८, शुक्रवार १८:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु