punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

२२ किलो चरेस बरामद

Chaupati
safha napa

कञ्चनपुरको बेलौरी नगरपालिका-३ बुटावारीबाट प्रहरीले २२ किलो १५० ग्राम लागु औषध चरेस बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार युपी ३१ एपी २२५६ भारतीय नम्बरको मोटरसाइकलमा हरियो बोरी (कट्टा)मा डोरीले बाँधेर राखेको चरेस शनिबार राति साढे ८ बजे बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीको गस्ती टोलीले बेवारिसे अवस्थामा रहेको बोरी खोलेर हेर्दा त्यसभित्र ४० पोका ठूलो र ४० पोका सानो गरी ८० पोका चरेस फेला परेको प्रहरी नायब उपरीक्षक शाहले बताए।

बरामद भएको चरेसबारे अनुसन्धान भैरहेको शाहले बताए। चरेस र मोटरसाइकल इलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणमा रहेको छ।


१६ माघ २०७८, आइतवार १०:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु