punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पीएम कपमा आज सेमिफाइनलका खेल हुँदै : पुलिस र वाग्मती तथा एपीएफ र आर्मी खेल्ने

Chaupati
safha napa

प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेटमा आज सेमिफाइनलका खेल हुँदैछन् ।त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा बिहान ९ बजे नेपाल पुलिस क्लब र वाग्मती प्रदेश खेल्ने छन् ।

पुलिस समूह ुएु को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । वाग्मती भने समूह ुबीु को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

यस्तै, आजै दिउँसो १ बजे हुने अर्को खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्ने छन् ।

एपीएफ समूह ‘बी’ को विजेता बन्दै र आर्मी समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

यो खेल पनि त्रिवि मैदान कीर्तिपुरमै हुने छ । यसैबीच, प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ र उप-जेताले तीन लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।


४ माघ २०७८, मंगलवार ०८:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु