punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शिक्षक सेवा आयोगले माग्यो १३ हजार बढी प्रावि शिक्षक

Chaupati
safha napa

शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि १३ हजारभन्दा बढी शिक्षक माग गरेको छ। आयोगले आज बुधबार बिहान सूचना प्रकाशन गरी १३ हजार ९३ जना प्राथमिक शिक्षक आवश्यक परेको जानकारी दिएको हो।

आयोगले प्रावि तृतीय श्रेणीका लागि शिक्षक भर्नाको विज्ञापन खुलाएको हो। विज्ञापनमा जिल्ला र प्रदेशअनुसार आवश्यक शिक्षक माग गरिएको छ।

आगामी माघ १३ गतेसम्म आवेदन फारम भर्न सकिनेछ। फाराम आयोगकै अनलाइनबाट भर्न सकिनेछ। यसका लागि १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गरिने आयोगले जनाएको छ।

लिखित परीक्षा चैत १९ गतेदेखि हुनेछ। यसअघि शिक्षक आयोगले निमावि तहका शिक्षकको विज्ञापन खुलाएको थियो। ​प्राथमिक तहका लागि १३ हजारभन्दा बढी शिक्षक भर्नाको विज्ञापन यस्तो छ ।

 


१४ पुस २०७८, बुधवार १२:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु