विद्युतीय कार निर्माण गने चार छात्रलाई आर्थिक सहयोग

सारअल्फा नामक विद्युतीय चार पाङ्ग्रे कार निर्माण गरेका धनगढीका चार जना विद्यार्थीलाई आर्थिक सहयोग जुट्न थालेको छ ।उनीहरूको हौसला स्वरूप नन्दी चलचित्रका निर्माता विनोद बोहरा ‘बोग्टानी किङ’ले पाँच हजार रुपैयाँ सहयोग गरेका छन् ।

करिब डेढ लाख लागतमा निर्माण गरिएको सारअल्फा नामक कारलाई थप व्यवस्थित गर्न र उनीहरूको हौसला बढाउनको लागि आफूले सक्दो सहयोग गरेको बोग्टानी किङ’ले बताए ।

कैलालीको धनगढीमा रहेको एक्सीस विद्याश्रम अध्ययनरत विद्यार्थी ऋषिकेश थापा,रोहित ऐर,आदित्य जोशी,सक्षम रेग्मीले सो कार आइतबार सार्वजनिक गरेका थिए । कोरोनाको दोस्रो लहरमा जारी गरिएको लकडाउनमा उनीहरूले सो कार्य गर्ने निर्णय गरेका थिए । अहिले सो कारमा चार वटा व्यट्रीको प्रयोग गरिएको छ ।

रातभरी चार्ज गरेमा दिनभरी ५० देखि ६० किलोमिटरसम्म गुडाउन सकिनेछ । बिना चावी स्विच बटनबाट खोल्ने, हर्न दिने, अगाडी पछाडि गर्न मिल्ने गरि बनाइएको छ । सो गाडीले आठ क्विन्टल भारसहित पाँच जना व्यक्ति बस्न मिल्ने छ । गाडीको ड्यासबोर्डमा मोबाईल राखिएको छ।


१२ पुस २०७८, सोमवार १४:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु