punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिँदै

Chaupati
safha napa

बैतडीको पुर्चौंडी क्षेत्रमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिँदैछ।पुर्चौंडी नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने कालिढुंगा र घरकटट्यामा फलाम खानी रहेको बताइन्छ।

उक्त क्षेत्रमा खानीको सम्भाव्यता अध्ययनका लागि काठमाडौंको लैनचौरस्थित खानी तथा भूगर्भ विभागको टोली आएको हो।शुरुमा यहाँको वस्तुस्थिति अवलोकन गरिएको र अब फलाम खानीको सम्भाव्यता अध्ययन गर्ने तयारी भएको सिनियर डिभिजनल जियोलजिष्ट ठाकुर कँडेलले बताए।

उनले भने, ‘वस्तुस्थिति अवलोकन सकेका छौं, सम्भ्याव्यता अध्ययनमा छौं, पहिला फलाम उत्खनन् गरेका ठाउँमा फलाम छ कि छैन भनेर सम्भाव्यता अध्ययन गर्छौं र त्यसपछि जमीनमुनि फलाम रहे नरहेकोबारे अध्ययन हुन्छ।’

दुई तरिकाबाट फलाम खानीको सम्भाव्यता अध्ययन गरिने बताउँदै भूगर्भविद् कँडेलले इलेक्ट्रिक एसेसमेन्ट तरिका र म्याग्नेसियम तरिकाबाट अध्ययन हुने जनाए।

सम्भाव्यता अध्ययनपछि फलाम भए नभएको थाहा हुनेछ। भूगर्भविद्हरुको टोलीले तयार पारेको प्रतिवेदनपछि फलाम खानी सञ्चालनका लागि थप प्रक्रिया शुरु हुने बताइएको छ।फलाम खानी सञ्चालन गर्न सके पुर्चौडी क्षेत्रको विकासका लागि निकै सहयोग पुग्ने पुर्चौंडी नगरपालिका-८ वडाध्यक्ष जनकबहादुर बिष्टले बताए।

सम्भाव्यता अध्ययनका लागि खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलजिष्ट ठाकुर कँडेल नेतृत्वको टोली पुर्चौंडी पुगेको हो।उक्त टोलीमा जियोलजिष्ट कृष्ण पाण्डे र प्राविधिक सहायक यज्ञप्रसाद पराजुली पनि रहेका छन्।

 


१२ पुस २०७८, सोमवार ०८:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु