punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एकताका लागि सीपी गजुरेलले दिए माओवादी केन्द्रलाई तीन सुझाव

Chaupati
safha napa

नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले नेकपा ९माओवादी केन्द्र० सँग एकताका लागि तीन वटा सुझाव दिएका छन्।माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटनमा शुभकामना दिँदै गजुरेलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादीहरू एक हुन गरेको आग्रहलाई सकारात्मक रूपमा लिएको बताए। तर त्यसका लागि केही आधारहरू तयार हुनुपर्ने उनले बताए।

त्यसका लागि उनले तीन वटा सुझाव दिए। ‘पहिलो, जनयुद्ध सुरू हुनुभन्दा पहिला बसेको हाम्रो केन्द्रीय कमिटीले गरेको प्रतिवद्धतालाई फेरि दोहोर्‍याउनु पर्छ। दोस्रो, नेपाललाई जनगणतन्त्र बनाउने जनयुद्धको लक्ष्य पूरा गर्ने दिशामा जानुपर्छ,’ गजुरेलले भने,‘ र, तेस्रो राष्ट्रिय स्वाधिनताका पक्षमा पनि यो महाधिवेशन महत्वपूर्ण निर्णय गर्नुपर्छ।’

यी सुझावहरू माओवादी केन्द्रको महाधिवेशनले पारित गरे एकताको ढोका खुल्ने गजुरेलले बताए।माओवादी सशस्त्र युद्धका बेला गजुरेल माओवादीमै थिए। पछि माओवादी विभाजन भएपछि गजुरेल मोहन वैद्य सँगै गएका थिए।


११ पुस २०७८, आइतवार १७:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु