punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आगलागीबाट पाँच लाखको क्षति

Chaupati
safha napa

बैतडीको डिलासैनीमा एक पसलमा आगलागी हुँदा पाँच लाख रूपैयाँ बराबरको क्षति भएको छ। वडा नम्बर ७ मा स्थानीय गंगा धामीले सञ्चालन गर्दै आएका किराना पसल र होटलमा शनिबार राति आगलागी भएको हो।

आगलागीबाट पाँच लाख रूपैयाँ बराबरको क्षति भएको पसल सञ्चालक धामीले बताए। आगजनीबाट पसल पूर्ण रुपमा क्षति पुगेको छ। पसल सञ्चालक गंगा धामीले बिहान ५ बजे ३८ मिनेटसम्म आफू पसलमै रहेको भए पनि त्यसपछि आफू घर गएको बेला पसलमा आगजनी गरिएको बताए।

बिहानै पसलमा आगो लागेको देखे पनि स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागी कसले आगजनी गरेको हो भन्ने नखुलेको आगजनी गर्ने व्यक्ति वा समूहको खोजी भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षण दर्शन खड्काले जानकारी दिए।


११ पुस २०७८, आइतवार १३:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु