बंगलादेशसँग नेपाल १ सय ५४ रनले पराजित

युएईमा जारी एसिसी यू-१९ एसियाकपमा नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग १ सय ५४ रनको फराकिलो अन्तरले पराजित भएको छ।शारजाहमा बंगलादेशले नेपालसामु २ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफमा नेपाल १ सय ४३ रनमा अलआउट भएपछि विश्वविजेता बंगलादेशले फराकिलो जित निकालेको हो।शारजाह मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९७ रन बनायो।

उसका लागि प्रन्तीक नरोज नावीलले शतकीय इनिङ खेले। उनले १ सय १२ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै १ सय २७ रनको अविजित योगदान दिएका थिए।त्यस्तै एमडी फहिमले ५८ रनको अर्धशतकीय इनिङ खेल्दा एसएम मेहेरोब र इफ्ताखर होसेनले समान २१र२१ रनको योगदान गरेका थिए। अर्का ओपनर मफिजुल इस्लामले १७ रन बनाएका थिए।

नेपालका लागि गुल्सन झा, तिलक भण्डार र मोहम्मद आदिल अलामले समान १र१ विकेट लिए।जवाफी इनिङ सुरु गरेको नेपाल ४२ दशमलव ३ ओभरमा १ सय ४३ रनमा नै समेटिएपछि बंगलादेशले १ सय ५४ रनको जित निकालेको हो।

नेपालका लागि आठौं नम्बरमा ब्याटिङका लागि आएका गुल्सन झाले बनाएको ३५ रन नै सर्वाधिक रन रह्यो।त्यस्तै विवेक मगरले ३३ रन बनाउँदा अर्जुन साउदले १५ रन बनाए भने विवेक यादवले २६ रन बनाए।कप्तान डेभ खनालले १२ रन बनाए। अन्य कुनै खेलाडीले दोहोरो रनको स्कोर बनाएनन्।

बंगलादेशका लागि तान्जिम हसन, राकिबुल हसन, एस एम महेरोब र नाइमुर रोहमनले समान २र२ विकेट लिए।अब नेपालले दोस्रो खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ।


९ पुस २०७८, शुक्रवार २०:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु