कैलालीमा जनप्रतिनिधिले गरे सुरक्षाकर्मीको संख्या बढाउन माग
कैलालीको लम्की टिकापुर आसपासमा अपराधिक घटना बढदै गएपछि यँहाका जनप्रतिनिधीले सुरक्षाको माग गरेका छन ।क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका सांसद झपट बहादुर रावलले गृहमन्त्री बालकृष्ण खाडसँग भेटवार्ता गरेर सुरक्षाको माग गरेका हुन्।
गृह मन्त्रालयमा शुक्रबार ज्ञापनपत्र बुझाउँदै रावलले जनताको जिउधनको सुरक्षासहित शान्तिपूर्ण ढंगले बाच्न पाउने अधिकारको सृजना गर्न माग गरे।
त्र नम्बर २ अन्तर्गत लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र बर्दगोरिया गाउँपालिकामा जघन्य अपराधका घटनाहरु दिन प्रतिदिन बढ्दै गइरहेको, एकपछि अर्को गरी भइरहेका विभत्स हत्याका घटनाले स्थानीय आतंकित भइरहेको भन्दै रावलले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका छन्।
यस क्षेत्रका प्रहरी कार्यालयमा सुरक्षाकर्मीहरुको संख्या पनि आवश्यकताभन्दा कम रहेको जानकारी गराउँदै रावलले थप सुरक्षाकर्मीहरुको व्यवस्थासहित प्रहरी कार्यालयलाई साधनस्रोत सम्पन्न बनाउन पनि माग गरे।रावलको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डेलाई तत्काल सुरक्षा व्यवस्था गर्न आवश्यक कारवाही अगाडि बढाउन निर्देशन दिएका छन्।
९ पुस २०७८, शुक्रवार १७:४५ बजे प्रकाशित













