punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओमिक्रोनबाट डेढ लाख बढी संक्रमित, २६ जनाको मृत्यु

Chaupati
safha napa

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या विश्वमा डेढ लाख पुगेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका १०८ देशमा यो संक्रमण फैलिएको छ।

त्यस्तै ओमिक्रोनबाट २६ जनाको मृत्यु भएको छ। ओमिक्रोनबाट सबैभन्दा धेरै बेलायत, अमेरिका अष्ट्रेलिया, डेनमार्क, नर्वे, क्यानडा, जर्मनी र दक्षिण अफ्रिका रहेको बताइएको छ।

विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरियन्ट बढी संक्रामक रहेको बताएको छ। यो डेल्टा भेरियन्टभन्दा तीव्ररुपमा विश्वमा फेलिरहेको बताइएको छ। कोरोनाको चौथो लहर आउने सम्भावना रहेको भन्दै विज्ञहरुले अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ।

ओमिक्रोनबाट छिमेकी देश पनि प्रभावित भएको छ। नेपालमा भने हालसम्म तीन जना संक्रमित भेटिएका छन्।एजेन्सी


९ पुस २०७८, शुक्रवार १७:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु