punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल लोकतान्त्रिक पार्टीको जिल्ला अध्यक्षमा माधब थारु

Chaupati
safha napa

नेपाल लोकतान्त्रिक पार्टीको जिल्ला अध्यक्षमा थरुहट नेता माधब थारु चयन भएका छन् ।नेपाल लोकतान्त्रिक पार्टी र थरुहट थारुवानको संयूक्त संगठन विस्तार अभियानबाट नेता थारुलाई अध्यक्षमा चयन गरिएको हो ।

संगठन विस्तारले उपाध्यक्षमा देशराज चौधरी सचिबमा प्रदेशी चौधरी लगायत ३५ सदस्यीय कमिटि गठन गरेको छ । नेपाल लोकतान्त्रिक पार्टीको चुनाव चिन्ह ‘नमस्ते’ रहनेछ ।

संगठन विस्तार अभियानले सांसद रेशम चौधरीले जेलबाटै दर्ता प्रक्रिया अगाडी बढाईरहेको समुहसंग राजनीतिकरुपमा एकतावद्ध भई टीकापुर मुद्धा लगायत समग्र उत्पीडनको मुद्धालाई सम्बोधन गर्न र गराउनकोलागि अगाडी बढ्ने नव निर्वाचित अध्यक्ष थारुले जानकारी दिए ।

थरुहट थारुवान आन्दोलनलाई अझ मजबुद र सुद्धिकरण गर्दै राजनीतिकरुपमा संस्थागत गर्न र उत्पीडित वर्ग क्षेत्र लिंगका अवाजलाई बुलन्द गर्ने राजनीतिक दल तथा समुहसंग एकताबद्ध भई सो पार्टीले गच्छदारले लत्याएको चुनाव चिन्ह ‘नमस्ते’ लाई अगल्दै अगामी चुनाबमा होमिने प्रतिबद्ध भएको नेता थारुले बताए ।

लम्की चुहा स्थित बलियामा भएको कार्यक्रम प्रमुख अतिथि थरुहट नेता लक्ष्मण थारु, विशेष अतिथि पार्टी अध्यक्ष भानुराम थारु, पार्टी उपाध्यक्ष भूमिनन्द बराल, थरुहट नेता श्रवण थारुको विशेष अतिथि रहेका थिए ।


९ पुस २०७८, शुक्रवार १६:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु