punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेनाले गर्‍यो सरसफाइ र जनचेतनामूलक कार्यक्रम

Chaupati
safha napa

बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मले सदरमुकाम क्षेत्रका बजारमा सरसफाइ गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। राष्ट्रिय सेवा दल (एनसीसी)को चौथो वार्षिकोउत्सवको पूर्वसन्ध्यामा उक्त कार्यक्रम गरिएको हो।

समाजमा रहेका विकृति विसंगति अन्त्य गर्नका लागि जनचेतनामूलक कार्यक्रम गरिएको हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर रानाले जानकारी दिए।

समाजमा आइपर्ने हरेक किसिमका समस्याहरु न्यूनीकरण गर्न एक आपसमा सहयोगी भावनाको विकास गर्न समाजमा आकस्मिक विपतमा सबैको सहयोग आवश्यक रहेको र राष्ट्र, राष्ट्रियताप्रति जिम्मेवार भएर लाग्ने उद्देश्यले कार्यक्रम गरेका हौं। उनले भने, बालविवाह,जातीय छुवाछुत, कोरोनासम्बन्धी जनचेतनामूलक, राष्ट्रियतासम्बन्धि कार्यक्रम गरेका हौं।

गोठलापानी बजारमा सरसफाइसमेत गरिएको छ। सरसफाई आफ्नै लागि भन्ने सन्देश दिन बजार क्षेत्रमा सफरफाई गरिएको हो। यसका साथै कोरोनाका पछिल्लो अवस्था कस्ता छ भनेर बढी भिडभाड हुने पसल, यातायात क्षेत्रका विभिन्न १८ जनाको एन्टीजेन परीक्षण पनि गरिएको छ। उक्त परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

गोठलापानी बजारबाट सुरु भएको र्‍याली शाहिलेक–गढी हुँदै पुनःगोठलापानी बजारमा पुगेर कार्यक्रम थालिएको छ। राष्ट्रिय सेवा दल (एनसीसी)को पुस ९ गते परेको चौथो वार्षिकोत्सवको पूर्व(सन्ध्यामा उक्त कार्यक्रम गरिएको हो।

दशरथचन्द नगरपालिका, जिल्ला प्रशासन कार्यालय , स्वास्थ्य कार्यालय र उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय बैतडीको सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।


९ पुस २०७८, शुक्रवार १६:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु