punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पौडेल, सिटौला र सिंहलाई केन्द्रीय सदस्य मनोनित गर्दै देउवा

Chaupati
safha napa

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३ जना नेताहरुलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गर्ने भएका छन्।देउवाले भोलि (शुक्रबार) नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला र प्रकाशमान सिंहलाई केन्द्रीय सदस्य मनोनित गर्न लागेका हुन्।

केन्द्रीय सदस्य मनोनित हुन लागेका सिंह १४औं महाधिवेशनमा पार्टी सभापतिका प्रतिस्पर्धी थिए। सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुँदा सिंहले देउवालाई समर्थन गरेका थिए।

कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको बैठक शनिबार बस्न लागेको छ। केन्द्रीय समितिको पहिलो बैठक बस्नु अगाडि सभापति देउवाले ३ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गर्न लागेका हुन्।कांग्रेसको विधानमा सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्नसक्ने व्यवस्था छ।


८ पुस २०७८, बिहीवार १७:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु