punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

Chaupati
safha napa

नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले सुदूरपश्चिम विश्वविद्यालयमा बुधबार तालाबन्दी गरेको छ। विश्वविद्यालयका उपकुलपति डा.अम्मराज जोशीको कार्यकक्षमा विद्यार्थीले तालाबन्दी गरेका हुन्। अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष रमेश पन्तले प्रवेश परीक्षामा विद्यार्थीको ढाड सेक्ने गरी लगाइएको शुल्क फिर्ता लगायतको माग गर्दै तालाबन्दी गरिएको बताए।

विश्वविद्यालयमा कार्यरत करार शिक्षकलाई सरुवा गरी केन्द्रीय कार्यालयमा हाजिर गराएर तलब खुवाउने, भर्नाबापत गलत नियम बनाइएकाले त्यसका विरुद्ध तालाबन्दी गरिएको उनले बताए।विश्वविद्यालयले विद्यार्थीलाई मार्कामा पर्ने गरी रजिष्ट्रेशन फारमको समय छोटाएर दोब्बर रकम असुल्न खोजेको आरोप समेत उनको रहेको छ।

अनेरास्ववियूले रजिष्ट्रेशन फारमको म्याद बढाउनुपर्ने, विश्वविद्यालयमा देखिएको बेथिति अन्त्य गर्नुपर्ने, प्राज्ञिक मर्यादा कायम गर्नुपर्ने, अवैधानिक कार्य रोक्नुपर्ने, राजनीतिक भागबण्डा खारेजी गर्नुपर्ने लगायतका माग अघि सारेको छ।

प्रवेश शुल्क खारेजी गरी भर्ना अवधि छोट्याउनुपर्ने अनेरास्ववियू कञ्चनपुरका सहसंयोजक प्रज्वल कुँवरले बताए। संगठनले उठान गरेका मुद्दा सम्बोधन नगरिए थप संघर्षका कार्यक्रम अघि सारिने उनको भनाइ छ।


८ पुस २०७८, बिहीवार ०९:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु