punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका तीनजना ट्राफिक प्रहरी सर्वोत्कृष्ट घोषित

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले सुदूरपश्चिममा कार्यरत तीनजना ट्राफिक प्रहरीलाई सर्वोत्कृष्ट घोषित गरेको छ । कार्य सम्पादन मूल्यांकनका आधारमा कार्यालयले तीनजना ट्राफिक प्रहरीलाई पुरस्कृत गरेको हो।

ट्राफिक प्रहरीहरु असोज, कार्तिक र मंसिर महिनामा गरेर सर्वोत्कृष्ट घोषित भएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार जीवन सिंह असोज महिना, अस्थायी ट्राफिक प्रहरी पोष्ट टिकापुरमा कार्यरत प्रहरी जवान देबेन्द्रबहादुर साउँद कार्तिक र प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा कार्यरत प्रहरी जवान भुपेन्द्रबहादुर थापा मंसिर महिनाको प्रदेशकै उत्कृष्ट ट्राफिक घोषित भएका हुन् ।

उनीहरु तीनै जनालाई बुधबार प्रदेश ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै प्रदेश ट्राफिक प्रमुख तथा प्रहरी उपरीक्षक बामदेब गौतमले अवार्ड र नगद पुरस्कार प्रदान गरेका छन् ।


७ पुस २०७८, बुधवार १६:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु