punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक, १ हजार बढी प्रतिनिधि सहभागी हुने

Chaupati
safha napa

नेकपा (माओवादी केन्द्र) ले प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बुधवार पत्रकार सम्मेलन गरेर माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले लोगो सार्वजनिक गरेका छन् ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो ११ गतेदेखि काठमाण्डौमा सुरु हुँदैछ । लोगोमा ुनयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागिु ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन लेखिएको छ । सम्मेलनमा एक हजार पाँच सय ३३ प्रतिनिधि सहभागी हुने पनि प्रवक्ता महराले जानकारी दिए ।

सम्मेलनमा आयोजकबाट एक सय ७९, सल्लाहकारबाट एक सय ४९, ज्येष्ठ कम्युनिस्ट सदस्यबाट एक सय २५, पार्टीको आयोगबाट ७५, केन्द्रीय विभागबाट एक सय दुई, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधि नौ सय आठ र पाँच प्रतिशत मनोनितबाट ७३ जना गरी एक हजार पाँच ३३ जना सहभागी हुने भएका हुन् ।

सम्मेलनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन तयार पारिरहनुभएको र प्रतिवेदन स्थायी कमिटीमा छलफलपछि सम्मेलनमा पेस गर्ने उनले बताए । राष्ट्रिय सम्मेलनबाट क्रान्तिकारी पार्टी र विचार निर्माण गर्ने उनले बताए । पार्टीको महाधिवशेन नभइ राष्ट्रिय सम्मेलन भएकाले देशभित्र र बाहिरबाट कुनै पनि अतिथिलाई आमन्त्रित नगर्ने महराले बताए ।


७ पुस २०७८, बुधवार १५:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु