सुनको भाउ घट्यो, चाँदीको कति ?
नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेको छ।
यससँगै छापावाल सुन प्रतितोला ९३ हजारमा आइपुगेको छ भने तेजावी सुनको भाउ ९२ हजार ५०० रुपैयाँमा झरेको छ।
त्यस्तै चाँदीको भाउ पनि सोमबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले छ।
६ पुस २०७८, मंगलवार ११:०१ बजे प्रकाशित












